Pages

Wednesday, January 13, 2016

आलु र दही को अचार Chukauni

सामाग्री:

५०० ग्राम आलु

१०० ग्राम प्याज ( जरुरी छैन)
१ लिटर दही
मेथी
बेसार
खुर्सानी धुलो
हरियो खुर्सानी
नुन
तेल

बिधी:

५/७ चम्चा तेल तताउने , १ चिम्टी मेथी फुराउने, आधा चम्चा भन्दा कम मात्र बेसार र हरियो खुर्सानी  पनि मेथी फुरौने बेलामा नै फुराउने

दहीलाई उक्त तातो मेथी बेसार तेल ले झान्ने

अन्दाज गरि नुन र खुर्सानी दहीमा मिसाउने

आलु उसिन्ने, छोडाउने अनी तरकारीलाई जसरी काट्ने



काँचो प्याज लाई मसिनो गरि काट्ने

आलु र प्याज लाई झानेको दही मा मिसाउने

यसरी दही र आलु को अचार बनाउन सकिन्छ। बनेको केही समय आलुमा दही भिज्ज्न दिदा स्वाद तिख्हर हुन्छ।

तपाईको अचार तयार भो !!!    

No comments:

Post a Comment